धनगढी। गर्मी याममा हुनसक्ने फूड पोइजनबाट बच्न खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले आम उपभोक्ता तथा उत्पादकहरुमा अनुरोध गरेको छ।खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीद्धारा उपभोक्ता तथा उत्पादकहरुमा सचेतना सन्देश जारी गर्दै केही दिन यता बढ्दै गइरहेको गर्मीमा फूड पोइजनबाट बच्नका लागी अनुरोध गरेको हो ।
यस बर्षको गर्मी बढदै गएको छ । बिशेष खानपानमा ध्यान दिन अनुरोध गर्दछु, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले भने। जतिजति गर्मी बढ्दै जान्छ त्यति त्यति खाद्य तथा पेय पदार्थहरु विग्रन जाने, उपभोग्य आयु घट्न जाने र संवेदनशील खाद्य तथा पेय पदार्थहरु जस्तै आइसक्रिम, पेय पदार्थहरु, दही, लस्सी, मही, चटपट, पानीपुरी, सांदेको अचार, सलाद, मासुजन्य परिकार आदिको सेवनबाट फुड पोइजन हुने अत्यधिक संभावना हुने भएको हुन्छ उनले भने ।
यस्ता पदार्थहरु खरीद तथा उपभोग गर्दा उपभोक्ताहरुले विशेष सावधानी अपनाउनु पर्ने हुन्छ । अत गर्मी याममा तपसिलको बुदाहरुमा विशेष ध्यान दिनुहुन र आवश्यक सावधानी अपनाउनुहुन सम्पूर्ण उपभोक्ताहरुमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी हार्दिक अपिल गर्दछ ।साथै गर्मी याममा हुनसक्ने फूड पोइजनबाट बच्न यी निम्न कुरामा ध्यान दिन खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले अनुरोध गरेको छ ।
१. खुलाठाउंमा सडक पेटीमा तयार गरी विक्रीवितरण हुने खाद्य तथा पेय पदार्थहरुमा धुलो र धुवाको संक्रमण भइराखेको तथा वरिपरिको परिसर फोहोर भई झिंगाको संक्रमण भइराखेको देखेमा त्यस्तो खाद्य पदार्थ उपभोग नगर्ने ।
२. गर्मी याम भएकोले चिसो खाद्य तथा पेय पदार्थको माग बढेको हुन्छ, आइसक्रिम, कुल्फी, दही, लस्सी, मही, हल्का पेय पदार्थहरु, प्रशोधित पानी आदिको खपत एमदमै बढेको हुन्छ, यस्ता पदार्थहरु चिसोमानै खाइने हुनाले फुड पोइजनको अत्यधिक जोखिम हुने गर्दछ । सिलवन्दी यस्ता पदार्थहरु खरीद गर्दा लेवल अनिवार्य हेरी उपभोग्य अवधि यकीन गर्ने, उत्पादक पहिचान गर्ने र खाद्य अनुज्ञापत्र नम्वर उल्लेख गरिएको मात्र उपभोग गर्ने गरौ ।
३. सलाद, सांदेको अचार जस्ता खाद्य पदार्थहरु तयार गर्दा कच्चा पदार्थहरु सफा पानीको राम्रोसंग धुने, काट्ने चपिंग बोर्ड चक्कु लगायत प्रयोग गर्ने भांडाकुडाहरु र काम गर्ने कामदारको हात राम्रोसंग सावुन पानीले धोएर मात्र काम गर्नुका साथै यस्ता परिकारहरु तयार गरेको २ घण्टा भित्र उपभोग गरिसक्ने ।
४. मसलाजन्य पदार्थहरु प्रयोग गर्दा धुलो मसलाको पाकेट खरीद गनुको साटो आंखाले हेरेर किरा तथा ढुसी नपरेका सग्लो स्वरुपका मसलाहरु खरीद गरेर घरमै ल्याएर आफ्नै आखाअघि पिसेर प्रयोग गर्नु राम्रो मानिन्छ । यसो गर्दा किराले खाएका ढुसी परेका बिषाक्त मसलाको जोखिमबाट बच्न सकिन्छ । अन्य खाद्य पदार्थहरु समेत आंखाले स्पस्ट देखिने गरी सडेगलेको, किरा परेको, ढुसी परेको पाइएमा खरीद नगर्ने ।
५. होटलमा खाना खान जांदा एकपटक किचन अनिवार्य हेरेर मात्र खाद्य पदार्थ अर्डर गर्ने बानी बसालौ । किचनमा सरसफाइको कमी भई झिंगा तथा अन्य किराहरुको संक्रमण भइराखेको पाइएमा, टोइलेट संगै किचन भएको पाइएमा, किचनमा प्रयोग गर्ने कच्चा पदार्थहरु सडेगलेको वा उपभोग्य अवधि सकिएको पाइएमा, अत्यधिक रंग हालेर पकाइएका खाद्य पदार्थहरु पाइएमा वा अखाद्य रंग र अन्य केमिकल राखिएको पाइएमा त्यस्तो होटलको खानेकुरा उपभोग नगर्ने ।यस प्रकारको अवस्था बजारमा पाइएमा तत्काल स्थानिय निकायमा वा सुरक्षा निकायमा वा तपसिलका खाद्य प्रविधि तथा गुण र्नियन्त्रण निकायहरुमा उजुरी गर्नुहुन सम्पूर्ण उपभोक्ताहरुमा अपील गरिन्छ भने पत्राकार तथा मिडियाकर्मी मित्रहरुले समेत यस प्रकारका उपभोक्ता सचेतना सन्देशहरु यहांहरुको मिडियाबाट प्रसार गरी उपभोक्ता सचेतनामा सहकार्य गर्नुहुन हार्दिक अपील गरिन्छ ।तपसील


