कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा महिलालाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ। शनिबार बिहान बेलौरी नगरपालिका–८ पचुईँस्थित खप्टी नालामा महिलालाई आक्रमण पछि सोही क्षेत्रमा लुकिरहेको बाघलाई प्राविधिक टोलीले नियन्त्रणमा लिएको हो।
बाघले शुक्रवार कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्दलाइ आक्रमण गरेको थियो।शुक्रबार बिहान ११ बजे पचुईँमा घाँस काट्न गएकी गंगा चन्दको अवस्था अझै अज्ञात छ। बाघ नियन्त्रणमा आएसँगै अब बेपत्ता महिलाको खोजी हुनेछ। घटनापछि शुक्रबार दिनभर स्थानीयले बाघलाई घेरा हालेका थिए। त्यसपछि सोही क्षेत्रमा देखिएको बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली आएको थियो।
https://www.facebook.com/yadav.singh.50746/videos/259169543143780