दार्चुला। दार्चुलामा अटो दुर्घटना हूँदा तीन जना घाइते भएका छन् । दार्चुलाको गोकुलेश्वर–देथला–बिटुले–पारिबगर सडक खण्डको कर्कले नजिककै अटो दुर्घटना भएको हो।
दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन्। शैल्यशिखर नगरपालिका–३ ओसपबाट गोकुलेश्वर आउँदै गरेको सुपप्र ०१००१ ह ५०३५ नम्बरको अटो विहिबार राति ओसप मोडमा दुर्घटना भएको थियो। घाइते हुनेमा शैल्यशिखर–३ का अटो चालक ३३ वर्षीय रिकेश गोयला, २२ वर्षीय महेन्द्र बहादुर चन्द र ३२ वर्षीय हरि गोयला छन्।
चालल गोयलाको खुट्टामा गम्भीर चोट लागेको छ। उनलाई थप उपचारको लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण अटो दुर्घटनामा परेको अस्थायी ट्राफिक प्रहरी पोष्ट गोकुलेश्वरका सहायक हवल्दार मिन नाथले बताए। उनका अनुसार अटो सडकबाट करिब ३० मिटर तल चमेलिया नदी किनारमा खसेको थियो।

