तनहुँ। वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेका बाबाआमाले चढ्दै आएको गाडी तोड्फोड् भएको छ । बिहीबार राति पार्किङ गरेर छाडेको कार बिहान तोड्फोड भएको अवस्थामा भेटिएको वाग्लेका भाइ अञ्जित अर्यालले बताए ।
अर्याल उम्मेदवार वाग्लेका ठूलिआमाका छोरा हुन् । उनले चैत २७ गते चितवनदेखि वाग्लेका बाबुआमालाई तनहुँ ल्याएका थिए। अर्यालले निर्वाचनको समयमा वाग्लेका बाबुआमालाई चुनावी प्रचारमा लिएर हिँड्दै आएका थिए। ‘बिहीबार बेलुका साढे ८ बजे कारलाई दमैली बजारमा रहेको मालपोत कार्यालय अगाडिको सन्तोष होटलमा पार्किङ गरेर राखेर हामीहरु सोही होटलमा सुत्यौं,’ अर्यालले भने, ‘बिहान होटलका कर्मचारीले कार तोड्फोड भएको जानकारी दिनुभएको हो।
’ होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको बायाँ भएको छ। कारको सिसा तोड्फोड भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार विकले बताए । इन्स्पेक्टर विकका अनुसार कार दीलकमारी खनालको नाममा छ। खनाल वाग्लेकी आमा हुन्। घटनाको बारेमा अनुसन्धान भइरहेको इस्पेक्टर विकले बताए ।


