धनगढी। धनगढीमा हुने डुवान समाधान गर्न प्रदेश भौतिक मन्त्रालय र धनगढी उपमहानगरपालिकाले सहकार्य गर्ने भएका छन् । बिहीवार सुदूरपश्चिम भौतिक पुर्बाधार बिकास मन्त्रालयमा धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालसहित बैठक बसी धनगढीको डुवान हटाउने बिषयमा छलफल भएको छ।
वर्षा सिजनमा धनगढी उपमहानगरका विभिन्न ठाउँमा हुने डुवान समस्या समाधानका लागि समन्वयको आवश्यकता रहेको बताइएको छ । डुवान समस्या समाधानका लागि मिलेर अघि बढ्ने सुझाब दिइएको हो । खासगरी धनगढी उपमहानगरपालिका–३ का बिभिन्न स्थानमा वर्षा लाग्ने बित्तिकै डुवान सुरु हुने गरेको छ। डुवानका कारण ती क्षेत्रका बासिन्दाले ३र४ महिना सास्ती ब्यहोर्नुपरिरहेको छ।
हाल प्रदेशका भौतिक पूर्वाधारमन्त्री रहेका प्रकाश देउवा यसै निर्वाचन क्षेत्र बाट प्रदेश सांसद निर्वाचित भएका हुन् । उनले निर्वाचनका वेला यस क्षेत्रको डुवान समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रतिबद्धताअनुसार मन्त्री देउवाले डुवान समस्या समाधानका लागि पहल थालेका छन । मन्त्री देउवाले भने, ‘सबै तहका सरकारको उदेश्य विकास गर्ने नै हो हामी सबै स्थानीय तहसँग समन्वय गरी अघि बढ्नेछौँ।’
धनगढी उपमहानगरपालिकामा बर्षेनी हुने डुबन समस्य समाधान तथा अन्य बिकास निर्माणमा प्रदेश सरकार र उपमहानगरपालिका बिच समन्वय , सहकार्य र सह९अस्तित्व गरि अगाडी बढने बिषयमा आजको बैठकमा छलफल भएको धनगढीका नगरप्रमुख गोपाल हमालले बताए।


