धनगढी। धनगढीमा लागऔषधसहित एक जना पक्राउ परेका छन्। १ ग्राम २ सय मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित धनगढी उपमहानगरपालिका वडा नम्बर १ त्रिवेणी चोकबाट सोही ठाउँका २२ वर्षीय विवेक नेपाली पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनी बिहीवार दिउँसो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


