धनगढी। कैलालीको चौमालामा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको चौमालामा बुधवार साँझ राजेश शाहले चलाएको से ३ प ३४७८ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
पैदल हिडीरहेका गौरीगंगा नगरपालिका ३ का रामबहादुर शाहलाई मोटरसाइकलले ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। पैदल यात्री शाहको अवस्था सामान्य रहेको र उनको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीले चालकसहित मोटरसाईकललाई नियन्त्रणमा लिएको जनाएको छ।