कञ्चनपुर। कञ्चनपुरको महाकाली नदी किनारमा एक जनाको शव भेटिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १३ स्थित महाकाली नदी किनारमा ६५ वर्षीय रामस्वरुप सुनारको शव आज बुधबार बिहान भेटिएको हो।
प्रहरीले वडा नं. १२ घर भई महाकालीमा बालुवा छपानको काम गर्दै आएका सुनारको शव आज बुधबार बिहान भेटिएको जनाएको छ । निर्माणाधीन चार लेन पक्की पुलको दक्षिणतर्फको नदी किनारमा शव भेटिएपछी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।
स्थानीयबाट त्यसको जानकारी पाएपछी प्रहरी घटनास्थल पुगेर अनुसन्धानमा जुटेको छ तर मृत्युको कारण भने खुलेको छैन् । प्रहरीले उनको शरीरमा कुनै पनि प्रकारका घाउचोटपटक नलागेको बताएको छ । शवको पोस्टमार्टमको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।