धनगढी। धनगढी ५ शिवनगरमा रहेको चैतन्य पाठशालाले बिद्यालयको शैक्षिक सत्रको शुल्क यथावत रहेको जनाएको छ । चैतन्य पाठशालाले महङ्गो शुल्क लिइरहेको भन्ने गुनासो सुनिन आएकाले पुरानै शुल्क यथावत रहेको पत्र मार्फत जानकारी दिएको हो।
चैतन्य पाठशालाका प्रधानाध्यापक हरि प्रसाद जोशीले उपमहानगरपालीकाको निजी बिद्यालयले शुल्क बृद्र्धि गर्न नपाउने निर्णयको स्वागत गरेका छन् । उनले जानकारी सम्बन्धमा सो निर्णयको स्वागत गर्दै बिद्यालयको शुल्क यस आर्थिक बर्षमा पनी पुरानै शुल्क रहने उल्लेख गरेका छन् । साथै धनगढीलाई शैक्षिक एंवम् संस्कृति मानव नगर बनाउने ध्ययका साथ सबैसंग सहकार्य गरेर अगाडि बढ्ने प्रधानाध्यापक जोशीको भनाई छ।
उनले उपमहानगरले शुल्क सम्बन्धित विषय मात्र उठान गर्नुभन्दा पनि नगर शिक्षा ऐन २०७४ बमोजिम गुणस्तर शिक्षा मापन, नियमित विद्यालय अनुगमन, बर्गीकरण शुल्क सब्बन्धित व्यवस्था, कर्मचारीहरुको पदीय आचरण पुरुस्कार तथा दण्ड लगायतका कार्यक्रमहरु पनि लागूगर्नु पर्ने जोड दिए। यस्तैगरी शुल्क वृद्धि नगर्न गरेको निर्देशनले विद्यालयलाई तत्काल केहि प्राविधिक रुपमा असर पेर पनि गुणस्तरिय शिक्षा र संस्कारयुक्त व्यवहार प्रवद्र्धमा सधैँ विद्यालय प्रतिबद्ध रहने प्रधानाध्यापक जोशीले बताएका छन्।


