धनगढी। कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–५ गेटाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ।
गोदावरी नगरपालिका–७ का २८ वर्षीय पदम साउँदसहित दुई जनालाई ४ ग्राम ८३० मिलिग्राम, प्रोक्सिब्यान्ड स्पास नामक ट्याब्लेट १६ थानसहित सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी गेटाबाट खटिएको प्रहरी टोलीले प्रदेश २–०३–००५ प ८२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरिएको हो।उनीहरमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


