धनगढी। करेन्ट लाग्दा कैलालीमा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान कैलालीको गौरीगंगा नगरपालिका–४ राजिपुरका ५२ वर्षीय पटिङ्गो धामीला करेन्ट लागेर मृत्यु भएको हो।
चापाकलको मोटरमा जडान गरेको बिजुलीको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर धामी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै मुत्यु भएको प्रहरीले जनाएको छ।