कञ्चनपुर। कञ्चनपुरमा मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्न थालेपछि स्थानियबासी त्रसित बन्न थालेका छन्। जंगली वन्यजन्तु र मानव बीचमा द्वन्द्व बढ्दै जाँदा स्थानियबासीलाई त्रसित वाताबरण सिर्जना भएको हो । विगतमा जंगली हात्तीको आक्रमण र अहिले सीमा क्षेत्रमा बाघको आक्रमण हुन थालेपछि स्थानियमा त्रास बढेको उनीहरुको भनाई छ।
जंगली हात्तीको आक्रमणबाट थुप्रै व्यक्तिले ज्यान गुमाइसकेका छन् । यस्तै पछिल्लो समयमा कञ्चनपुरका भारतीय सीमा क्षेत्रमा बाघले मानिस माथी आक्रमण गर्न थालेको छ। चैत्र १० गते बिहान कञ्चनपुरका केही महिलाहरु घाँस दाउरा गर्न भारतको दुधुवा नेसनल पार्क गएका थिए। त्यहाँ गएकामध्ये कल्सा सार्कीको बाघको आक्रमणमा परी मृत्यु भएको थियो। अहिले उनको परिवार बिचल्लीमा परेको छ।
यस्तै ३२ वर्षीया कल्सा सार्कीको बाघको आक्रमणमा परी मृत्यु भएको ठिक एक हप्तापछि चैत्र १७ गते फेरी कञ्चनपुरको बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट एक जना भारतीय महिलाको मृत्यु भएको थियो।त्यसैक्षेत्र नजिक चैत्र २२ गते दिउँसो उखु काट्ने क्रममा एक जना भारतीय महिलालाई बाघले आक्रमण गरी घाइते बनाएको थियो। बिगतमा जंगली हात्ती र बाघले पटक पटक स्थानियमाथी आक्रमण भैरहदाँ त्रास फैलिएको हो।
पुनर्वासदेखि बेलौरीसम्मका सीमावर्ती मानव बस्ती नजिकका क्षेत्रमा बाघ देखिन थालेपछि बस्तीमा हात्ती तथा बाघ पस्न नदिन ती क्षेत्रका नागरिकहरू रातभर जाग्राम बस्न थालेका छन् । तर कञ्चनपुरको दक्षिणी क्षेत्रमा पछिल्लो तीन सातायता बाघको त्रास बढेपछि बाघको पहिचान गर्न स्वचालित क्यामेरा जडान गरिएको छ।बाघको आक्रमणबाट मानवीय क्षतिसमेत हुन थालेपछि त्यसको पहिचानका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा क्यामेरा जडान गरिएको हो । सीमावर्ती भारतीय दुधुवा नेसनल पार्क हुँदै सीमा क्षेत्रका मानव बस्ती मै बाघ, हात्ती लगायतका वन्यजन्तुको ओहोरदोहोर बढेको छ ।
मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि प्रशासनले प्रविधिको प्रयोग बढाउन सल्लाह दिइएको छ । भने स्थानीयले होशियारी र सचेतना अपनाउन सुझाब दिइएको छ । यस्तै भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग जोडिएको बस्तीमा राखिएको क्यामरामा बाघ देखिएको छैन । निकुञ्जसँग जोडिएको बस्तीमा दिनहुँ बाघ देखिन थालेपछि पहिचानका लागि डेढ साताअघि उक्त क्षेत्रमा स्वचालित क्यामरा राखिएको थियो ।लालझाडी मोहना करिडोरमा पर्ने पुनर्वास नगरपालिका–११ को गंगा जमुना सामुदायिक वन र कैलालीको धनगढी उपमहानगरपालिका–३ मा एकरएक जोडी क्यामरा राखिएको थियो । यसैगरी बेलौरी नगरपालिका–२ को थापा चोकमा एक जोडी क्यामरा जडान गरिएको हो । पुनर्वासको ‘घ’ गाउँमा भने शुक्रबार बाघ देखिएको जनाइउको छ।