कञ्चनपुर। कञ्चनपुरमा वृद्ध महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ। ८० वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दोधारा–चाँदनी नगरपालिका–७ टाउके टोलका ४० वर्षीय मुकेश क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।
क्षेत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा शनिबार पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीले बताएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।