कञ्चनपुर। कञ्चनपुरमा रोकी राखेको ट्रकसँग मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ शुक्लाफाटा निकुञ्ज नजिक सडकमा रोकी राखेको ट्रकसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार साँझ ना ५ ख ९७३२ नम्बरको ट्रकसँग सुपप्र ०२००३ प ४४८२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक बेदकोट नगरपालिका–३ का ३६ वर्षीय कमलावती पाण्डे गम्भीर घाईते भएका थिए। महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।