कञ्चनपुर। पोखरीमा डुबेर कञ्चनपुरमा एक युवतीको मृत्यु भएको छ। बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ घर भई कञ्चनपुर आएकी बविता टेरको पोखरीमा डुबेर मृत्यु भएको हो।
बैतडीको मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्यायनरत बविता परीक्षा दिएर विदामा कञ्चनपुर आएकी उनको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार कञ्चनपुरको अमर बस्ती आएकी उनी पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर भएकी थिइन्। उनको धनगढीको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष ९आइसियू०मा उपचारकै क्रममा शनिवार राति १० बजे मृत्यु भएको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


