धनगढी : कान्छा अभियन्ता केपी खनाल जनसेवा श्री पदक बाट विभूषण भएका छन् । संबिधान दिवशको अवशरमा बिभुषण घोषणा भएका खनाललाई नयाँ बर्ष २०८० सालको अवशरमा शितल निवासमा एक समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले विभुषण प्रदान गरेका हुन् । नयाँ बर्षका दिन राष्ट्रपति पौडेलले वातावरण तथा सरसफाइ क्षेत्रमा अनवरत लागिराखेका के पी खनाललाई जनसेवा श्री पदक बाट विभूषण गरेका हुन् । खनाल सानै उमेर देखी सामाजिक कार्यमा निकै सक्रियरुपमा लागिराखेका छन् ।
म बदलिन्छु अनि मेरो देश बद्लिन्छ भन्ने संकल्पका साथ क्लिन काष्ठमाण्डप अभियान देखि अहिले मैना देवी फाउण्डेसनका संस्थापक पनि हुन । उनको संस्थाले अहिले वातावरण तथा सरसफाइ को क्षेत्रमा विभिन्न निकाय सगं सहकार्य गरेर काम गरिराखेका छन् ।


