धनगढी। धनगढी उपमहानगरपालीकामा छाडा पशुचौपाया व्यवस्थापनको चुनौती निकै बढी नै छ । बिगत ९/१० बर्ष देखी धनगढीमा बिकराल समस्या रहेको छाडा पशुचौपायाको व्यवस्थापनको चुनौती समाधान नहूँदा स्थानीय नागरिकले समस्या भोग्नुपरेको छ।
स्थानिय सरकारले यस्को ब्यवस्थापनमा लाग्ने बताएपनी प्रभाबकारी रुपमा पुर्ण काम हुन नसकेको स्थानियहरु नै बताउँने गरेका छन् । पशुचौपायाको व्यवस्थापनकै लागी स्थानीयको सहयोग, दानदाता तथा सरकारको पहलमा धनगढी ३ र ७ मा गौशाला निर्माण गरिएका छन् । तर त्यस्मा रहेका पशुचौपाया र अन्य बाहिरबाट आउने छाडा पशुचौपाया ब्यवस्थापन गर्न भने निकै गाह्रो छ।
धनगढी ३ को गौशालामा रहेका पशुचौपायाको ब्यवस्थापन देखी सडकमा छोडिएका अपांगता पशुचौपायाको औषधीउपचारमा अभियन्ता तथा सोही गौशालाका उपाध्यक्ष यस्पाल अबस्थीले गर्दै आएका छन् । गौशालामा १ सय ८ गाई अटाउने क्षेमता रहेकोमा अहिले ७० भन्दा बढी गाईको ब्यवस्थापन र संरक्षण हुँदै आएको छ ।
घाईते अवस्थाका सयौँ गाईको उपचार गरीसकिएकोमा धेरै गाई निको भएका छन् । सञ्चालक रीता जोशी अवस्थीले गौशालामा पशुचौपायाको व्यवस्थापनमा लागीरहेको बताइन् । उनले बिगत ४ बर्ष देखि निरन्तर छाडिएका घाइते गाई हरुको उपचारमा यस्पाल अबस्थीले गर्दै आएको बताइन् । उनले भनिन्, यस्पाल अबस्थीका उमेरका धेरै युवाहरुलाई रमाइलो मै समय बितारहेका देख्छु । तर यस्पालको भावना बेग्लै छ उच्च छ। न पद न सम्मान न ख्याति केही कुरा को पनि खाँचो छैन। निरन्तर अघि बढी रहेका छन् उनले भनिन् ।
छाडा पशुचौपायाको व्यवस्थित गर्न गौशाला निर्माण पछि गाईको व्यवस्थापन र समस्या केही मात्रामा भएपनी समाधान हुन थालेको उनले भनिन् । बजारमा जताततै गाई मात्रै देख्दा हामीले थोरै भएपनि संरक्षणमा लाग्नु पर्छ भन्ने योजना छ, उनले भनीन् । बिभिन्न सहयोगीबाट सहयोग भएको छ भने ८५, ९० भन्दा बढीले मुठीदान गरेर सहयोग गरेका छन् । गौशालालाई व्यवस्थित गनका साथै गाईको दुध, मुत्र र गोबरको व्यापार गरिने छ । निकट भबिश्यमा गौमुत्र प्रशोधन र गौकाष्ठ मेसीन पनी सञ्चालनमा आउने सञ्चालक रीता अवस्थीले भनीन् ।
यसका साथै गोबरबाट धुप उत्पादनका लागि पनि विभिन्न निकायसँग प्राबिधिक सल्लाह भइरहेको छ । यस्तै गौसालाका उपाध्यक्ष यस्पाल अबस्थीले अहिलेसम्म बाटोमा छोडेर घाइते भएका धेरै गाईलाई गौसालामा ल्याएर उपचार गरेको बताए । ती मध्ये कोही सन्चो भएका र कोही सन्चो हुने अवस्थामा रहेको उनले भने । उनले सबैको साथ र सहयोग मिलेकोले संरक्षण र ब्यवस्थापन तथा उपचार लागीरहेको बताए । आगामी दिनमा पनी सबैको साथ रहने अबस्थीले बिश्वास ब्यक्त गर्दै नयाँ बर्षको शुभकामना ब्यक्त गरेका छन् ।गौसालाको तर्फबाट र उपाध्यक्षको तर्फबाट नयाँ सालको सबै शुभ चिन्तक आजिवन सदस्य तथा सहयोग, दान गर्ने सबै महानुभावलाई उनले नयाँ बर्षको शुभकामना भनेका छन् ।