डडेल्धुरा। डडेल्धुरामा एक वृद्धाले ९० वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन । जिल्लाको अमरगढी नगरपालिका वडा नं। ३ मरकट्टकी की अनिता विष्टले ९० वर्षमा नागरिकता प्राप्त गरेकी हुन ।
अनिता दुईवटै आँखा देख्दिनन् भने कान पनि सुन्न सक्दिनन् । प्रमुख जिल्ला अधिकारी विश्वनाथ न्यौपानेसहित प्रशासन कार्यालयको टोली बिहीबार उनको घरमै पुगेर नागरिकता दिएको हो । नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित रहेकी थिइन् । पतिको मृत्यु दर्ता र छोरा बुहारीको नागरिकता भएको आधारमा उनलाई घरमै पुगेर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताएका छन ।