कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । बुधबार राती १०: ४० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कञ्चनपुर भिमदत्त नगरपालीका ७ हल्दुखाल घरभई भिमदत्त ४ बजार बस्ने अमित खत्री र भिमदत्त नगरपालीका १८ बस्ने करन चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। संकास्पद रुपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरुको साथबाट REXOGESIC लेखिएको एम्पुल थान २४ , PHENARGAN लेखिएको एम्पुल थान २४ र DIAZEPAM लेखिएको एम्पुल थान ६ गरी जम्मा ५४ थान एम्पुल लागु औषध बरामद गरेको हो।उनीहरुलाई लागु औषधसहित पक्राउ गरि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।