काठमाडौं। कन्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहित ११ जनाविरुद्व पाँच करोड ४३ लाख ३१ हजार ८१७ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कन्चनपुरको भिमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र लेखाअधिकृत गोविन्दराज उपाध्यायसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको जानकारी दिएका हुन् ।
आर्थिक वर्ष २०७८/७९ मा नगरपालिका अन्तर्गत महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी ठेक्कामा भवानी कन्स्ट्रकसन प्रालिलाई प्रत्यक्ष लाभ पाउने गरी राजस्व गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।महाकाली नदीमा नदीजन्य पदार्थको बोलपत्र आह्वान गर्दा ठेकेदारलाई आर्थिक लाभ हुने गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयले ११ जनाविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, लेखा अधिकृत गोविन्दराज उपाध्याय, इन्जिनियर हिमालय सिंह ऐर, अधिकृत छैटौं सुवास अधिकारी, नायव सुब्बा विष्णुदेव भट्ट र लेखापाल (सहायक पाँचौं) दीपेन्द्र चौधरीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आर्थिक वर्ष २०७८/०७९ मा ढुंगा, गिट्टी, बालुवा, ग्राभेलको लागि बोलपत्र आह्वान गर्दा नगरपालिकाले भवानी कन्स्ट्रक्सन प्रालि कञ्चनपुरसँग ठेक्का सम्झौता गरेको थियो। उक्त सम्झौता गर्दा ५ करोड ४३ लाख ३१ हजार ८२७ रुपैयाँ बराबरको राजस्व रकम हानीरनोक्सानी गरेको अख्तियारको ठहर छ। अख्तियारले उनीहरूलाई दोब्बर जरिवाना, बिगो र कैद सजाय माग गरेको छ।
भवानी कन्स्ट्रक्सन प्रालिका सञ्चालकहरू ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट र भवानी कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि दिवाकर भट्टविरूद्ध पनि मुद्दा दायर गरिएको छ। ईश्वरीप्रसाद भट्टको मृत्यु भइसकेको हुँदा उनकी श्रीमती खगेश्वरी भट्टबाट विगो रकम भराउन माग दाबी गरिएको छ। भ्रष्टाचार गरेको व्यक्तिको मृत्यु भए पनि निजको हक खाने अंशियारलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
अख्तियारले भट्टकी पत्नी खगेश्वरीबाट ५ करोड ४३ लाख ३१ हजार ८ सय २७ रुपैयाँ ७६ पैशा बिगो रकम भराउन माग दाबी गरेको छ। यस्तै, भवानी कन्स्ट्रक्सनका सञ्चालक केशवराज भट्ट र आधिकारिक प्रतिनिधि दिवाकर भट्टविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ। राजश्व चुहावट बापतको एक करोड ९५ लाख ७२ हजार १ सय ७ रुपैयाँ ७९ पैशा र बैंक जमानत नगरेकोले सोबापत ३ करोड ४७ लाख हानी नोक्सानी पु-याएकोले कूल ५ करोड ४३ लाख ३१ हजार ८ सय २७ रुपैयाँ ७६ पैसा बिगो रकम भराउन अख्तियारले माग दाबी गरेको छ।
आर्थिक वर्ष २०७८/०७९ मा ढुंगा, गिट्टी, बालुवा, ग्राभेलको लागि बोलपत्र आह्वान गर्दा भवानी कन्स्ट्रक्सन प्रालि कञ्चनपुरसँग ठेक्का सम्झौता गरेको थियो। उक्त सम्झौता गर्दा ५ करोड ४३ लाख ३१ हजार ८२७ रुपैयाँ बराबरको राजस्व रकम हानीरनोक्सानी गरेको अख्तियारको ठहर छ। अख्तियारले उनीहरूलाई दोब्बर जरिवाना, बिगो र कैद सजाय माग गरेको छ।पुष्कर प्रसाद भट्टसमेत मिति २०७९।१२।२९ (1)