धनगढी : धनगढीमा धमाधम कुकुर बन्ध्याकरण गरिन लागेको छ । धनगढी उप महानगरको आर्थिक सहयोगमा धमाधम कुकुर बन्ध्याकरण गरिन लागेको हो । उप महानगरका अनुसार भ्याली एनिमल क्लिनिक काठमाण्डौँको प्राविधिक सहयोगमा एक सय ५४ वटा कुकुरको बन्ध्याकरण गरेको हो।
चैत २६ देखि २८ गते तीन दिनसम्म धनगढीका एक सय ५४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको बताइएको छ। धनगढीमा कुकुरको संख्या धेरै भएकाले बन्ध्याकरण गरिएको हो। धनगढीमा बिहानको समयमा सामुदायिक कुकुरले टोक्ने तथा लखेट्ने जोखिम रहेको उपमहानगरपालिकाले जनाएको छ। बन्ध्याकरणले सामुदायिक कुकुरको संख्या घटाउन दाबी गरिएको छ।


