अछाम। अछाममा स्कुटर सहित एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको साँफेबगर नगरपालिका १ बैधनाध कालिमाटिका अन्दाजी ५० बर्षिय गणेश नाथ योगि मृत भेटिएको प्रहरीले जनाएको छ। उनी सेती राजमार्गको कालिमाटी खण्डमा स्कुटर सहित सडकबाट तल खसेको अवस्था मृत भेटिएका हुन।
मृतकका परिवारले आफुहरु नपुग्दा सम्म शव नउठाउनु भनेका कारण शव घटना स्थलमा रहेको प्रहरीले बताएको छ। योगि बैधनाथ धाम पर्यटन विकास तथा ब्यावस्थापन समितिका सदस्य समेत हुन। यता प्रहरीले घटनाको अनुसन्धान भईरहेको बताएको छ।

