कञ्चनपुर। कञ्चनपुरमा अवैध सामान बरामद गरिएका छन् । कञ्चनपुरमा इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी गस्ती टोलीले एक लाख ४९ हजार मुल्य बराबरका अवैध सामान बरामद गरेको हो।
सोमबार जिल्लाको कृष्णपुर नगरपालिका-५ गुलरिया बलुवानाला नजिकै हाईड्रोफेसियल उपकरण, बाक्स र माईक्रो निडल थेरापी समेत बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका सामान भन्सार कार्यालय गड्डाचौकी पठाएको कञ्चनपुर प्रहरीले बताएको छ। अवैध सामानका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।