कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का दिपेश बोगटीलाई प्रहरीले आज पक्राउ गरेको हो।
जिल्ला अदालतबाट ६ महिना कैद र ५ हजार जरिवाना तोकी फरार रहेका लागुऔषध मुद्दाका फरार प्रतिवादी बोगटी पक्राउ परेका हुन्। घर नजिकै लुकेर बसेका बोगटीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेपछि उनलाई कारागार चलान गरिएको छ। सो सम्बन्धमा थप अनु्सन्धान भैरहेको जनाइएको छ ।