धनगढी। नेपाल विद्यार्थी संघ डोटी कैलाली सम्पर्क समितिले कैलाली बहुमुखी क्याम्पसमा अध्ययरत छात्र र कलाकारहरुलाई सम्मान गरेको छ। नेविसंघ डोटी कैलाली समितिले कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत क्याम्पसका नवउदाउदा कलाकार र त्रिभुवन विश्वविद्यालय टपरलाई आज एक कार्यक्रमका विच सम्मान गरिएको हो।
सम्पर्क समितिले आयोजना गरेको नव बर्ष २०८० को शुभकामना तथा चियापान कार्यक्रममा नव उदाउँदा गायकहरु रिसान्त ओझा,गौरी ओझा सन्तोस विक र बिबेक विसि र त्रिवि टपर धरनिधर भट्टलाई सम्मान गरिएको नेविसंघका नेता तेज जंग मल्लले जानकारी दिए । नेविसंघले रचनात्मक कामका साथै नव प्रतिभा र बौद्रिकताको सम्मानका साथै प्रोत्साहन पनि गर्नुपर्ने भावना अनुरुप आफुहरुले सम्मान गरिएको उनले बताए ।
सो कार्यक्रम मा प्रमुख अतिथि रहेका नेपाली कांग्रेसका जिल्ला सचिव केशव मिश्रले विद्यार्थी हरुले आफ्नो क्षमता अभिवृद्धिमा जोड दिनु पर्ने बताए ।लोकतान्त्रिक प्रमाणीलाई स्विकार गरिसकियको र विचार फरक भएपनि संविधानको रक्षा र विद्यार्थीले आफ्नो अध्यापन लाई महत्वमा राख्नु पर्ने बताए । नेविसंघ कैलाली बहुमुखी क्याम्पसका नेता शोसन उपाध्यायले विद्यार्थीमा अनेक क्षमता हुने र सो प्रतिभाको कदर विद्यार्थी संगठनले क्याम्पसमा गर्नु पर्ने बताए । सोहि अनुसार आफुहरुले सम्मान गरेको जनाए । सोही कार्यक्रम मा कैलाली क्याम्पस का क्याम्पस प्रमुले विद्यार्थी हरुले रचनात्मक कार्य गर्नु पर्नेमा जोड दिए ।
भर्खरै निर्वाचित स्ववियु सभापति, सचिप, नेविसंघ का नेता पुष्प भन्डारी, नेविसंघ कैलाली का नेता धनस्याम बम लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रम मा सभापति नेविसंघ डोटी कैलाली सम्पर्क समितिका सभापति मिलन बिक रहेका थिय भने कार्यक्रम सञ्चालन सचिव हेमन्त बोगटीले सञ्चालन गरेका थिए । स्वागत मन्तव्य सचिव तथा कैलाली क्याम्पस मा स्ववियु सदस्यमा अत्याधिक सवै भन्दा बढि मत ल्याएकि सदस्य गौरी सिंहले राखेकि थिइन ।



