धनगढी। सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढी उपमहानगरपालिका क्षेत्रका १२१ वटा सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिएको छ । उपमहानगरपालिकाको आर्थिक सहयोग र भ्याली एनिमल क्लिनिक काठमाडौँको प्राविधिक सहयोगमा धनगढी उपमहानगरपालिका क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिएको हो ।
आइतबार ५४ र सोमबार ६७ वटा गरी जम्मा १२१ वटा सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्ने काम सम्पन्न भएको उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए । बजार क्षेत्रमा सामुदायिक कुकुरको संख्या धेरै भएको र बिहानको समयमा हिड्डुल गर्दा कुकुरले टोक्ने र लखेट्ने गरेको जनगुनासो पश्चात् सामुदायिक कुकुरको संख्या घटाउने विकल्पको रुपमा बन्ध्याकरण शिविर सञ्चालन गरिएको नगर प्रमुख हमालले बताए । बन्ध्याकरण शिविर आज मंगलबार पनि सञ्चालन गरिने बताइएको छ ।


