धनगढी। डोटेली बिद्यार्थी मञ्च ऐश्वर्य बहुमुखी क्याम्पसको अध्यक्षमा लक्ष्मी शाही चयन भएकी छन्। सोमबार बिहान क्याम्पसमा भएको कार्यसमिति गठन प्रक्रियामा अध्यक्षमा शाहीलाई चयन गरिएको हो । यस्तै अध्यक्षमा शाहीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरिएको बताइएको छ।
डोटेली बिद्यार्थी मञ्च ऐश्वर्य बहुमुखी क्याम्पसको उपाध्यक्षमा निरञ्जन भट्ट, पुस्कर बिष्ट छन् यस्तै सचिबमा बिनोद नेपाली, सहसचिबमा छत्रराज ओझा, निर्मला साउँद, कोषध्यक्षमा पारस ओझा, सहकोषाध्यक्षमा निशा जैशी रहेका छन् । यस्तै सदस्यहरुमा बिक्रम रोस्यारा, हेमराज भट्ट, जिवन भट्ट, शंकर जेठारा, तेज जेठारा, ईश्वरी भट्ट, ललित बोगटी, हेमा बोगटी, लक्ष्मी जोरा, गाबिन्द भुल रहेका छन् । बिद्यार्थीहरु माझ सद्भाव,एकता र सहयोगी भावना अनुरुप सामाजिक कार्यहरु गर्दै अघि बढ्नु सम्पुर्ण कार्यसमितिलाई बधाई सङ्गै शुभकामना दिइएको छ ।


