कञ्चनपुर। कञ्चनपुरमा तार सर्ट भएर एक घरमा आगलागी भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ क्याम्पस रोडमा रहेको उक्त घरमा सोमबार बिहान आगलागी भएको हो। उक्त घरमा पाठक डेरी सञ्चालनमा छ । डेरी सञ्चालक गोपाल पाठकले तेस्रो तल्लामा आगलागी भएको बताए ।
पूजा कोठामा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा करिब डेढ लाख मूल्य बराबरको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीका अनुसार स्थानीय तथा प्रहरीका साथै भीमदत्त नगरपालिकाको दमकलले समयमै आगो नियन्त्रणमा आएकोले बढी क्षति हुन नपाएको हो।