कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाईते भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ मा सु.प.प्र ०१०११ प ४३६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका-४ का २६ वर्षीय किरण ऐर गम्भीर घाईते भएका हुन्।
गएराति भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका ऐरको धनगढीस्थीत सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।अहिले उनको आइसियुमा राखेर उपचार भइरहेको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।