कञ्चनपुर। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई समृद्ध बनाउने सपना आफ्नो रहेको बताएका छन्। सुदूरपश्चिम विश्वविधालयको तेस्रो दिक्षित समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले अबको बाँकी जीवन समृद्ध नेपालको निर्माण गर्दै समाजवादी क्रान्तिको आधार तयार पार्ने बताएका हुन।
साथी हो, सपना देख्नुहोस् । मैले पनि आज तपाईहरुलाई भन्छु– तपाईहरु सपना देख्नुहोस् । त्यो सपना तपाई हाम्रो सुन्दर जीवनको सपना हुनेछ । सुन्दर सुखी नेपालीको सपना हुनेछ । कुनै बेला म तपाईहरूजस्तै शैक्षिक परीक्षामा सहभागी हुँदा मैले पनि सपना देख्ने गर्दथेँ उनले भने त्यतिखेर एकातिर परीक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण हुने सपना हुन्थ्यो ।
तर बिस्तारै मैले अन्याय, गरिबी, शोषण, विभेदको अन्त्य गर्ने सपना देख्न थालेँ । कोही ठूलो कोही सानो, कसैले पढ्न पाउने, कसैले भर्ना हुन पनि नसक्ने, कोही उपचार नपाएर मर्ने, कतै जातीय, कतै लैंगिक विभेद, यस्तो समाज परिवर्तन गर्ने सपना देखेर म परिवर्तनको लामो र कठिन यात्रामा होमिएँ ।
आज मैले देखेको सपना कति पूरा भयो या भएन, त्यसको समीक्षा इतिहासले गर्ला । तर कहिलेकाहिँ लाग्छ, त्यतिखेर हामीले परिवर्तनको ती सपना नदेखेको भए आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुग्न सक्दैनथ्यौं कि रु अझ भनौं, यति सजिलै यही विश्वविद्यालय पनि स्थापना गर्न सक्थ्यौं या सक्दैनथ्यौं ? उनले राजनीतिक उपलब्धि प्राप्त गरेपछि पनि सपना देख्न नछोडेको बताए । मैले बारम्बार भन्ने गरेको छु, मेरो
म अहिले यही सपनाका लागि अहोरात्र भूमिका निर्वाह गरिरहेको छु । अब यो सपनामा तपाईहरुको साथ चाहिन्छ, यहाँहरुको सपना जोडिनुपर्छ उनले भने।