धनगढी : नेपाल यातायात स्वतन्त्र मजदूर संगठन टेकंर इकाई कमिटि धनगढीको अध्यक्षमा पुन: पुस्कर गुरुङ निर्वाचित भएका छन् । शनिबार धनगढीमा भएको कमिटिको पाचौँ अधिवेशनबाट गुरुङ निर्बिरोध निर्वाचित भएका हुन् ।
कमिटिको उपाध्यक्षमा दिपक बोहरा, सचिवमा राम बहादूर बोहरा, कोषाध्यक्ष टेक बहादूर देउवा निर्वाचित भएका छन् सदस्यहरुमा मुकेस देउवा, गोपाल बडायक, टिका साउँद र नेत्र बोहरा निर्वाचित भएका छन् । कमिटि अध्यक्ष पुस्कर गुरुङको अध्यक्षतामा आयोजित ५ र्औँ अधिवेशनमा नेकपा एमाले सुदूरपश्चिम सचिव तथा प्रदेशसभा सदस्य धर्मराज पाठक प्रमुख अतिथी थिए ।
कार्यक्रममा जिफन्ट सुदूरपश्चिम अध्यक्ष जित बहादूर मल्ल, प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख नेत्रमणी गिरी, नेपाल यातायात ब्उवसायी महासंघ सुदूरपश्चिम अध्यक्ष टेकराज जोशी, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम अध्यक्ष ललित चन्द लगायत अतिथीहरुको सहभागिता थियो ।
सोही अवशरमा टेकंर चालक जगं बहादूर चौधरीलाई टेकंर इकाई कमिटिले २५ हजार ५ सय रुपयाँ राहत सायोग गरेको छ । २ महिनादेखी प्यारालायसिसले ग्रसित भएका चौधरीलाई औषधी उपचारका लागी सहयोग पुगोस भनेर संगठनले आर्थिक सहयोग गरेको टेकंर इकाई कमिटि अध्यक्ष पुस्कर गुरुङले बताए । कमिटिको अधिवेशनका अवशरमा प्रमुख अतिथी धर्मराज पाठकबाट चौधरीलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।



