धनगढी : प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड)ले कैलालीको अत्तरिया स्थित नेकपा एमालेका सचिव लेखराज भट्ट निवासमा खाजा खाएपछि यो घर आफ्नोपनि भएको बताएका छन् । के कारण भट्ट निवासमा पुग्नुभयो भन्ने सञ्चारकर्मीको प्रश्नमा दाहालले यो घर मेरोपनि हो, यस घरसंग मेरो ४० बर्षको साइनो रहेको बताए ।
यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ प्रधानमन्त्री प्रचण्डले भने “ यहाँ माथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने बस्ने गर्थेँ, त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो, बाँकी कुरा, लेखराजजी राजनीतिक व्यक्तित्व भएकोले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भै हाल्यो”।
कञ्चनपुर स्थित सुदूरपश्चिमाञ्चल बिश्वबिद्यालयको दिक्षान्त समारोह उद्घाटनका लागी महेन्द्रनगर जान कैलाली पुगेका प्रधानमन्त्री दाहाल एमाले सचिव भट्टको निम्तोमा उनको निवास अत्तरिया पुगेका थिए । पुर्व माओवादी नेता रहेका लेखराज भट्टले प्रधानमन्त्री दाहाललाई घरमै बोलाउनुलाई चासोका साथ हेरिएको छ । भट्ट एमालेमा लागेपछि प्रधानमन्त्री दाहालसंग दुरी निकै बढेको थियो । यस पटक भने घरमै दाहाललाई बोलाएपछि भट्ट माओवादी प्रवेश गर्न लागेका हुन की भन्नेपनि चर्चा हुन थालेको छ ।


