दार्चुला। दार्चुलामा १० जना जुवाडे पक्राउ परेका छन्। जिल्ला सदरमुकामस्थितको एक घरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा शुक्रबार १० जनालाई पक्राउ गरेको हो।
महाकाली नगरपालिका–४ बांगाबगडस्थित गणेशसिंह बुढाथोकीको घरमा जुवा खेलिरहेका नौगाड गाउँपालिका-६ का गगन धामी, नौगाड गाउँपालिका-४ का जय सिंह धामी, कमल सिंह धामी, कमल सिंह ठगुन्ना,महाकाली नगरपालिका-४ का जनक लुहार पक्राउ परेका छन्।
यस्तै अरबिन बुढाथोकी, महाकाली नगरपालिका-१ का मोहनसिंह कार्की, दुहुँ गाउँपालिका-५ का देवसिंह कार्की,दिलिपसिंह धामीलाई प्रहरीले पक्राउ गरेको छ। बिशेष सूचनाका आधारमा साँझ करिब ५ बजेतिर बुढाथोकीको घरमा पुग्दा नगद ४३ हजार ५ सय ६८ रुपैयाँसहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए।

