धनगढी। बरिष्ठ खाद्य प्रबिधिज्ञ नवराज दाहालको ‘ट्रेडनेशनल फुड एण्ड बेब्रेज अफ नेपाल’ नामक पुस्तकको विमोचन गरिएको छ । शुक्रवार एक कार्यक्रमका बिच वरिष्ठ खाद्य प्रविधि तथा समाजसेवी हिक्मत थापाको प्रमुख आतिथ्यमा सो पुस्तकको विमोचन गरिएको हो ।
सुदूर पश्चिम खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ समुहका संयोजक तथा खाद्य व्यवस्था धनगढीका प्रमुख समेत रहेका दाहालले नयाँ पुस्तक बजार ल्याएका हुन । नयाँ वर्षको अवसरमा सो पुस्तक बजारमा आएको हो। पुस्तक बिमोचन गर्दै वरिष्ठ खाद्य प्रविधि थापाले यो पुस्तकले परम्परागत खाद्य पदार्थ र पेय पदार्थहरूको थप अनुसन्धान कार्यहरूमा लाभदायक र पोषण सुधार हुने बिश्वास लिएका छन् । साथै सुदुरपश्चिमसहित देशका परम्परागत खाद्य पदार्थको अध्ययन गरेकोले सरकारलाई धरै फाईदा पुग्ने बताएको छ।
पुस्तकले राष्ट्रिय अनुसन्धान संस्थानहरू, खाद्य व्यवसाय सञ्चालकहरू र खाद्य विज्ञान र प्रविधिका विद्यार्थीहरू सहित खाद्य विज्ञान र प्रविधिसँग सम्बन्धित सबै सरोकारवालाहरूलाई र परम्परागत खाद्य पदार्थ र पेय पदार्थहरूको थप अनुसन्धान कार्यहरूमा लाभदायक हुने अपेक्षा गरिएको पुस्तकका प्रकाशक दाहालले बताए । दाहालले भारत र चिनमा बसाईको क्रममा अध्ययन गर्ने सोच आएको बताए । उनले बिदेशमा पनी परम्परागत खानाको चाँसो र माग बढ्ने भएकाले सो अनुसार आफुले आफ्नै देशमा केही सोचका कारण परम्परागत खाद्यबस्तुको अध्ययन समेत गरेको बताए । मस्यौराको पनी अध्ययन गरेका छन्।
खाद्य प्रबिधी क्याम्पस हात्तिसार धरानबाट सन् १९९५मा खाद्य प्रबिधिमा स्नातक गरी खाद्य प्रबिधी तथा गुण नियन्त्रण बिभागमा सन् १९९७ मा अनुसन्धान अधिकृतको रुपमा कार्यरत, सरकारी सेवामा रहँदा सन् २०००मा दक्षीण भारत रहेको सेन्ट्रल फुड टक्नोलोजिकल रिर्सच इन्शीच्युट बाट खाद्य तथा पोषण सम्बन्धी तालिम, सन् २००५ मा खाद्य प्रबिधिमा स्नातक, भारत र चिनमा गरेको अध्ययनका क्रममा नेपालको परम्परागत खाद्य तथा पेय पदार्थको अध्ययन तथा अनुसन्धान र नेपालको परम्परागत खाद्य पदार्थ मस्यौरामा अध्ययन तथा अनुसन्धान गरेका थिए । अध्ययन तथा अनुसन्धान गरी निस्कीएको निष्कर्षमा भारत चिन अमेरीका र नेपालका निस्कीएका जर्नलबाट एक दर्जन बैज्ञानिक लेख रचना प्रकाशित गरिसकेका छन् । अमेरीकी जर्नलमा लेख प्रकाशित भएवाफत चिनबाट अर्वाडबाट सम्मानित भएका छन् ।
सोही प्रकासनका कारण महेन्द्र बिद्याभुषण पदवी हासिल गर्न सफल भएका छन् । ५ देशको भ्रमण गरिसकेका दाहाल खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीमा प्रमुख रहेका छन् । दाहाल सुदुरपश्चिम खाद्य बैज्ञानिक तथा प्राबिधिज्ञ समुह धनगढीका संयोजक रहेका छन् । साथै सो समुहमा ४० जना बैज्ञानिक प्राबिधिज्ञ रहेका छन् । परम्परागत खानेकुरा नेपाल लगायत विश्वभरका मानिसहरुको जीवनको महत्वपूर्ण हिस्सा बनेको छ । अन्य देशका धेरैजसो परम्परागत खाना र पेय पदार्थहरू राम्ररी अनुसन्धान र दस्तावेज गरिएको छ। उत्पादन, उपभोग, सामाजिक–अर्थव्यवस्था, माइक्रोबायोलोजी, बायोकेमिस्ट्री, पोषण प्रोफाइल, ती देशहरूको परम्परागत किण्वित खाद्य पदार्थहरूमा अनुकूलित उत्पादन विधिहरू सम्बन्धी तथ्याङ्कीय तथ्याङ्कहरू उपलब्ध छन्।
नेपालमा अधिकांश परम्परागत खानेकुरा र पेय पदार्थको अनुसन्धान हुन बाँकी छ । विभिन्न जातीय समूहहरूको विविध आहार संस्कृति र नेपालको कृषि जलवायु परिस्थितिमा व्यापक भिन्नताका कारण, किण्वित खाद्य पदार्थहरूमा सम्बन्धित सूक्ष्मजीवहरूले खाद्य प्रशोधनमा महत्त्वपूर्ण योगदान पु¥याउन सक्छन्। खाद्य पारिस्थितिकी तंत्रहरूमा सूक्ष्मजीवहरूको विविधता पर्याप्त रूपमा मूल्याङ्कन गरिएको छैन र तिनीहरूमा वैज्ञानिक चासोको हुन सक्छ वा सम्भावित औद्योगिक प्रयोग हुन सक्छ। परम्परागत किण्वित र गैर किण्वित खाद्य पदार्थको व्यापारीकरण भइरहेको छ । नेपालको परम्परागत खाद्यपदार्थका विभिन्न पक्षका बारेमा पूर्ण वैज्ञानिक जानकारीको अभाव थियो तर यी उत्पादनहरू ऊर्जा, भिटामिन र अन्य पोषक तत्वहरूले भरिपूर्ण, अर्गानोलेप्टिक रूपमा मनपर्ने र कच्चा पदार्थहरूमा मूल्य थप्ने र भोक र कुपोषणको समस्या उन्मूलन गर्न प्रमुख भूमिका खेल्न सक्छन्।
यस सम्बन्धमा, सन् २००५ मा पहिलो पटक नेपालको परम्परागत खाद्य पदार्थ र पेय पदार्थलाई संयुक्त राज्य अमेरिकाको टेलर र फ्रान्सिस इंक द्वारा प्रकाशित फूड रिभ्युज इन्टरनेशनलको समीक्षा लेख मार्फत आलोचनात्मक समीक्षा वैज्ञानिक लेखको रूपमा दस्तावेज गरिएको थियो। त्यसैगरी, मासुको विकल्पमा अधिकांश शाकाहारीहरूले प्रयोग गर्ने मस्याउरा नामक नेपालको अत्यधिक पौष्टिक प्रोटिनयुक्त परम्परागत खाद्यपदार्थको पौष्टिक समृद्धि र व्यवसायीकरणको सम्भावना हुँदाहुँदै पनि यसको दोहन गरियो। यस संकलनमा जैविक रसायन, पोषण, माइक्रोबायोलोजिकल, एन्टि–न्यूट्रिशनल र यसको तयारी र उपभोगको क्रममा सुरक्षाका पक्षहरूमा छरिएका जानकारीहरू एकल प्रकाशनमा सङ्कलन गर्ने प्रयास गरिएको थियो। नेपालका परम्परागत खानेकुरा र पेय पदार्थहरूमा दुई दशकसम्म केन्द्रित वैज्ञानिक कार्यहरू स्वदेश तथा प्रसिद्ध अनुसन्धान संस्थाहरू जस्तै CFTRI (भारत) र SYTU (चीन) मा गरिएको यो सङ्कलन ल्याउनु गर्वको विषय मानिएको छ ।


