कैलाली। कैलालीको अत्तरिया उधोग बाणिज्य संघका बिरुद्द प्रशासनमा उजुरी परेको छ। अत्तरिया कै ब्यबसायीले जिल्ला प्रसाशन कार्यालय कैलाली मा उजुरी दिएका छन ।
उजुरीमा बिधान अनुसार कार्य गर्न नसकेको, बर्तमान कार्य समितीको म्यास सकिएको भएपनी अधिबेशन गर्न नसकेको, संस्थाको नबिकरण नगरेको र महोत्सबको आय ब्यय सार्बजनिक नगरेको आरोप लगाइएको छ । यस्तै उजुरीमा तत्काल बर्तमान कार्य समिती खारेज गरी संस्थाको काम कार्बाही रोक्न माग गरिएको छ । हालको कार्य समिती २०७५ असोजमा निबाचित भएको थियो । बिधान अनुसार संस्थाको कार्यकाल २ बर्षको हुने गरेको छ ।


