कैलाली। कैलालीमा लघुवित्तिय संस्थाको ज्यादतीविरुद्ध रिले अनसन जारी रहेको छ। लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति, केन्द्रिय समितिले चैत २१ गतेदेखि शुरु गरेको प्रदर्शन शुत्रबार पनी जारी रहेको हो।
जिल्ला प्रशासन कैलाली अगाडि विरोध प्रदर्शनसहित लघुवित्तिय संस्थाको ज्यादतीविरुद्ध उनीहरुले २५ गतेसम्म रिले अनसन जारीराख्ने लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिले जनाएको छ। नव सामन्तीको रुपमा स्थापित लघुवित्त संस्था खारेज हुनुपर्ने, लघुवित्त संस्थाहरुद्धारा लगाइएका सामुहिक ऋण मिनाह गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशूल्क ऋण प्रदान गर्नुपर्ने, क्षमता र काममा आधारित रोजगारीको ब्यवस्था गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर लगायतका नारासहित प्रशासनमा अनिश्चितकालिन रिले अनसन जारी राखेको लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति कैलालीका अध्यक्ष सुनिल चौधरीले बताए।
यही २५ गतेसम्म रिले अनशन जारी राख्ने बताउँदै सरकारले माग सुनुवाई नगरे आमरण अनसन बस्ने उनले बताए। उनले लघुवित्तिय संस्थाले महिला दिदी बहिनीहरुसँग गलत ढंगले असुलेको पैसाका हिसाब किताब गर्न माग गरिएको बताए। जबसम्म देशभरका ५८ लाख लघुवित्तिय संस्थामा आबद्ध बचतकर्ताको मागको सुनुवाई नभएसम्म कडा आन्दोलन र अनसनमा जाने उनको भनाई छ। दिर्घराज अधिकारीले लघुवित्तिय संस्था ग्रामीण क्षेत्रमा गएर महिलाहरुको आर्थिक आयआर्जन भन्दा अनाबश्यक दुःख दिने र आत्म हत्या गराउने तिर उन्मुख भएको बताए।
सिद्धान्त अनुसार लघुवित्त संस्था चल्नुपर्ने भएपनी बचत रकम असुल गर्न अनाबश्यक दवाव दिई घरवार बिहीन जस्तै बनाइदिएको उनको आरोप रहेको छ। उनले भने, हामी बिगत १५ महिना देखी लघुवित्त संस्था खारेज हुनुपर्छ भन्ने माग गरिरहेको बताए। यस्तै सहकारीमा आबद्ध धनगढी १९ की दुर्गा देवी सिँहले सहकारी संस्थाले बचत गर्न भन्दै बिभिन्न धम्कीहरु दिइरहेको बताइन्। समयमै बचत रकम जम्मा नगरे घरमा तालाबन्दी गर्ने, घरका सामाग्री उठाएर लैजाने र घरपालुवा जनावर लैजाने भन्दै अनाबश्यक धम्की दिरहेको बताइन्।
अहिलेको अवस्था पैसा छैन भन्दा पनी लघुबित्त संस्थाका कर्मचारी नमान्ने गरेको उनको दुखेको छ। आफुहरुलाई लघुबित्तसंस्थाले सुरुमा बिभिन्न प्रलोभन देखाएर आबद्ध गराएपनी अहिले आएर सो बमोजिम सेवा नदिएको उनको भनाई छ। उनले सहकारीमा जम्मा भएको रकम पनी फिर्तामा माग समेत गरेकी छिन्। आन्दोलकारीले यस विषयको सरकारले निकास नदिए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन्। आन्दोलनमा कैलालीका बिभिन्न स्थानिय तहमा लघुवित्तिय संस्थामा आवद्ध बचतकर्ताको सहभागीता रहेको लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति कैलालीले जनाएको छ।


