धनगढी। कैलालीको चुरे गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ६ बयालमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। सु.प.प्र ०१००२ त ५२६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकचुरे ३ का ३८ बर्षिय दानबहादुर सिजालीको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।
अनियन्त्रीत भएर ट्याक्टर सडकबाट १० मिटर तल खसेको हो । सिजाली ट्याक्टरको बिच भागमा च्यापिएका थिए। उनको घटना स्थलमा नै मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।


