धनगढी। सुदूरपश्चिम प्रदेश सभा बिजनेसविहीन बनेको छ। प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएदेखी नियमित रुपमा बैठक बस्न नसकेको पदेश सभा संसद बिजनेसविहीन बनेको हो। जनताको आवाज सरकार समक्ष पुर्याउने संसद नै ३ महिनासम्म नियमित रुपमा सञ्चालन नहुँदा संसदबाट काम कार्वाही अघि बढ्न नसकेको हो ।
कतिपय बिधेयक नै पारित गराउनुपर्ने छ भने आगामी बर्षको बजेटबारे तयारीमा ढिलाई भएको हो। यो अवधिमा सुदुरपश्चिम प्रदेशसभाले दुई वटा मुख्यमन्त्री पाइसकेको छ। नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र रावल नेतृत्वको सरकार बिस्वासको मत नपाएर एक महिनामै ढलेपछि कांग्रेस संसदिय दलका नेताबाट कमल बहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए। तर मुख्यमन्त्री नियुक्त भएको दुई महिना पुग्नै लाग्दा पनि उनले अहिलेसम्म सुदूरपश्चिम सरकार विस्तार गर्न सकेका छैनन्।मुख्यमन्त्रीले बिश्वासको मतबारे छलफल तथा कुराकानीका लागी मात्रै बैठक बसेपनि बिधयेक र प्रदेश सरकारका कामकाजबारे बैठक बस्न सकेको छैन् ।
सरकारले अझै पूर्णता पाएको छैन। केन्द्रको मुख ताक्दा उनलाई सरकार विस्तारमा ढिलाइ भएको छ। सत्तारुढ दलहरुबीचको भागबण्डा टुंगो लगाउन प्रदेश सरकारलाई सकस परेको छ। भागबण्डाका लागि केन्द्रमा भर पर्दा अहिलेसम्म प्रदेश सरकारले पूर्णता पाउन सकेको हो। सरकारलाई पुर्णता पाउन कति समय कुनुपर्ने अझै पनी निश्चत भैसकेको छैन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम २६ माघमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए। २१ फागुनमा उनले प्रदेश सभाबाट विश्वासको मत लिएका थिए।कांग्रेस नेतृत्वको गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदसहित ४१ सांसदले शाहलाई विश्वासको मत दिएका थिए।
मुख्यमन्त्री नियुक्त हुँदा शाहले कांग्रेसबाट प्रकाश बहादुर देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश कुमार शाहीलाई मन्त्री नियुक्त गरेका थिए। त्यसपछि मुख्यमन्त्री शाहले मन्त्री नियुक्त गर्न सकेका छैनन्। मंसिर ४ को चुनाव पछि २७ पुसमा एमालेका राजेन्द्र सिंह रावल मुख्यमन्त्री बनेका थिए। उनले आफूसँगै अन्य दुई मन्त्री पनि नियुक्त गरेका थिए। त्यसबेला पनि सरकारले पूर्णता पाउन सकेको थिएन। विश्वासको मत नपाएपछि रावल नेतृत्वको सरकार २६ माघमा ढलेको थियो। चुनाव भएको चार महिना बितिसक्दा पनि सुदूरपश्चिम सरकारले पूर्णता पाउन सकेको छैन। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११,एमालेका १०, नागरिक उन्मुक्तिका ७, राप्रपाका १/१जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्।


