बैतडी। बैतडीमा जिपले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। बैतडीको डिलाशैनी गाउँपालिका–३ धौकुचे बस्ने ७५ वर्षीया गौरा नाथको जिपको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले सु प्र ०१००१ ज १२९४ नम्बरको जिपले गौरालाई ठक्कर दिएको बताए।
गोकुलेश्वर–गन्ना सडकखण्ड अन्तर्गत धौंकुचेमा सडकमा हिँडिरहेका वेला आज दिउँसो ४ बजे ठक्कर दिएर उनको घटनास्थलमै मृत्यु भएको बताए । जिप चालक डिलाशैनी गाउँपालिका-१ रोशन राना र जिपलाई प्रहरी नियन्त्रणमा रहेको उनले बताएका छन्। सो घटनाका बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


