धनगढी। धनगढीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका २२ वर्षीय नरेश चौधरी पक्राउ परेका हुन्। चोरी मुद्दामा जिल्ला अदालत कैलालीले २०७६ जेठ १ गते ७ दिन कैद र १० हजार जरिवाना भई चौधरी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
लामो समयदेखि फरार उनलाई जिल्ला प्रहरी कार्यालयले आज बुधवार पक्राउ गरी अदालतमा दाखिला गरेको छ। आज बिहान साढे ९ बजेको समयमा फरार रहेका प्रतिवादीलाईजिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरेको हो ।


