धनगढी। कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। कैलालीको जानकी गाउँपालिका ९ मा ज्यान मार्ने उद्देश्यले धारीलो हतियार प्रहारगरी घाईते बनाई भागी फरार रहेका २७ बर्षिय रमेश माझीलाई प्रहरीले पक्राउ गरेको हो।
मिति २०७५ पौष ३० गते ७ बजे कैलाली जानकी गाउँपालिका वडा नं ९ पुर्वी खैरी फाँटा बस्ने बर्ष २० को राजु सिंह समेतका ५ जनाले सोही स्थान बस्ने जाहेरवाला भुरे कामीको छोरा बर्ष २१ को आकाश बिक र भतिजा बर्ष २७ को ललित बिकलाई ज्यान मार्ने उद्देश्यले धारीलो हतियार प्रहार गरी सक्त घाईते बनाएको प्रहरीले जनाएको छ।
भागी फरार रहेको २७ बर्षीय रमेश माझीलाई प्रहरीले आज बिहान साढे ८ बजे पक्राउ गरेको हो। प्रहरी चौकी अमरावतीबाट खटिएको प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरी ईलाका प्रहरी कार्यालय टिकापुरमा राखि थप अनुसन्धान कार्य भईरहेको छ।