चितवन। चितवन २ मा एमालेका रामप्रसाद न्यौपानेले उम्मेदवार दर्ता गराएका छन् । वैशाख १० गते उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका न्यौपाने एमाले चितवन जिल्ला अध्यक्ष हुन् । न्यौपाने गत मंसिरमा सम्पन्न निर्वाचनमा चितवन ३ बाट एमाले उम्मेदवार बने पनि पार्टीले उनको उम्मेदवारी फिर्ता गराएको थियो।
चितवन-३ मा एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंसिर ४ मा चितवन-२ बाट निर्वाचित भएका थिए । नागरिकता विवादमा अदालतले उनको सांसद पद खारेज गरेपछि चितवन(२ मा उपनिर्वाचन हुन लागेको हो। चितवन-२ मा यसअघि रास्वपा सभापति लामिछाने र कांग्रेसबाट पूर्वसभापति जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराइसकेका छन् ।