धनगढी। कैलालीमा नहरमा डुबेर एक किशोरीको मृत्यु भएको छ । कैलाली प्रहरीका अनुसार कैलालीको जानकी गाउँपालिकाकाकी एक किशोरीको रानी–जमरा–कुलरिया सिँचाई नहरमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।
जिल्लाको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटाका नागमलनाथ योगीको छोरी १४ वर्षीया सिर्जना नाथ योगी सिँचाई नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। योगीको रानी–जमरा–कुलरिया सिँचाई नहरमा पौडी खेल्नेक्रममा आइतबार दिउँसो मृत्यु भएको प्रहरीले बताएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


