धनगढी : लागुऔषध दुब्यर्वशन मुक्त समाज निर्माणका लागी यस बिरुद्धको अभियान चलाइरहेको कटक फण्डारी फाउण्डेशनलाई हिमसिखर बहुउद्देश्यीय सहकारी संस्थाले एक कार्यक्रमका लागी सहकार्य गरेको छ । आज धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा आयोजित लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रममा सहकारीले सहकार्य गरेको हो ।
हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहयोग तथा कटक भण्डारी फाउण्डेशनको आयोजनामा वडामा दुव्र्यसनी न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरिएको हो । हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड धनगढीका प्रबन्धक दिल बहादूर खडायतले समाज रुपान्तरणमा सहकारीहरुलेपनि योगदान दिनुपर्छ भन्ने हेतुलले आजको कार्यक्रममा कटक भण्डारी फाउण्डेशनसंग सहकार्य गरेको बताए । आगामी दिनमापनि उनले सहकार्य रहने प्रतिबद्धता ब्यक्त गरे ।
फाउण्डेसनका अध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिमाञ्चल क्याम्पसका क्याम्पस प्रमुख योगराज उपाध्यायको प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा उनले लागुऔषध दुव्र्यसन रोक्न हरेक तहतप्काको साथ र सहयोग आवश्यक रहेको बताए । उनले भने –‘आफनो सन्तानलाई दुव्र्यशनमा फस्न नदिन अभिभावक बढी जिम्मेवार हुनुपर्छ । उसका हरेक गतिविधिको निगरानी गर्नुपर्ने हुन्छ ।’
उनले पछिल्लो समय लागुऔषधमात्र नभई मोबाइलको लतमा पनि बालबालिका फसिरहेको बताए । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले खुल्ला सीमानाका कारण वडामा लागुऔषध दुव्र्यसनको जोखिममा रहेको बताए । उनले भने –‘वडाका स्थानीयहरुलाई कुलतमा फस्न नदिने वडाले सचेतनामुलक कार्यक्रमसंगै प्रहरीको समन्वयमा नियन्त्रणमा पनि जोड दिइरहेका छौं ।’
जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरिक्षक सरस्वति अधिकारीले पछिल्लो समयमा जिल्लामा लागु औषध प्रयोगकर्ताको संख्यामा बृद्धि भईरहेको बताईन । उनले भनिन –‘गत वर्ष जिल्लामा लागुऔषधका दुई सय आठ मुद्दा दर्ता भएका थिए । यस वर्षको फागुनसम्ममा एक सय ९८ मुद्दा दर्ता भएका छन् । यसले पनि लागुऔषध प्रयोगकर्ता वर्षेनी बृद्धि भईरहेको देखाईरहेको छ ।’ उनले लागुऔषध नियन्त्रण गर्न प्रयोगकर्ता तथा विक्रेता दुबैका बारेमा स्थानीयबाट सहज ढंगले सूचना प्राप्त भएमा नियन्त्रण गर्न सकिने बताइन ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, महिला स्वयमसेविका, शिक्षक, युवा, सञ्चारकर्मी, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।


