कञ्चनपुर। कञ्चनपुरमा विदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिइएका छन्। शनिबार विदाका दिन प्रयोग भएका सरकारी सवारी साधन नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले नियन्त्रणमा लिईर ट्राफिक प्रहरीलाई बुझाएको छ ।
नेकपा बहुमत कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले विदाका दिन सरकारी सवारी साधनको दुरुपयोग बढेकाले शनिबार व्याक्तिगत प्रयोजनका लागि सञ्चालन भएका सरकारी सवारी साधन नियन्त्रणमा लिई ट्राफिक प्रहरीलाई बुझाएको बताए । उनले बैतडीको शिवनाथ गाउँपालिका,कञ्चनपुरको लालझाडी गाउँपालिका र घरेलु कार्यालयको गाडी नियन्त्रणमा लिई जिल्ला ट्राफिक कार्यालय कञचनपुरको जिम्मा लगाएको बताए।