कञ्चनपुर। कञ्चनपुरमा एउटा बससहित १० क्वीन्टल चिनी प्रहरीले नियन्त्रणमा लिएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ स्थित पूर्वपश्चिम राजमार्गबाट १० क्वीन्टल चिनीसहित बस नियन्त्रणमा लिइएको हो।कञ्चनपुर प्रहरीका अनुसार शुक्रवार बिहान ९ बजे इलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी बिट कलुवापुरको टोलीले ना ४ ख ४०२७ नम्बरको बस र १० क्वीन्टल चिनी नियन्त्रणमा लिइएको छ।
शुक्लाफाँटा नगर पालिका ११ कलुवापुर स्थित पुर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा महेन्द्रनगरबाट पुर्व (अत्तरिया) तर्फ जाँदै गरेको बसमा उक्त अवैध रुपमा भन्सार छली गरी लुकाई छिपाई गरी लगिरहेको भेटिएको हो । बस र ७० हजार मूल्यको उक्त चिनी आवस्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको कञ्चनपुर प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए।


