कञ्चनपुर। कञ्चनपुरमा एक जना लागुऔषध (खैरो हिरोईन)सहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा कञ्चनपुर भिमदत्त नगरपालीका १८ का रोहित चौधरीलाई पक्राउ गरेको हो।
प्रहरीले चौधरीलाई शंकालागि चेकजाँच गर्दा १ दशमलब २८ ग्राम लागुऔषध (खैरो हिरोईन) भेटिएको कञ्चनपुरका सूचना अधिकारी एंवम प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताएका छन्। यस्तै उनको साथबाट बिभिन्न कम्पनीका थान ३ मोवाईल सेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ। लागुऔषधसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।