दार्चुला। दार्चुलाको महाकाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ। दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ६ बडुघाटमा एक जना पुरुषको शव फेला गरेको हो।जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बिहीवार बिहान १० बजेतिर बडुगाउँको पुलमुनि अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको हो।
इलाका प्रहरी कार्यालय हुतीका प्रहरी नायव निरीक्षक आनसिंह भण्डारीले शवको पहिचान हुन नसकेको बताए। जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रहरीको टोली घटना स्थलमा छ। शव पानीमै डुबेको अवस्थामा छ। जिल्लाको टोली पुग्ने बितिक्कै बाहिर झिकेर अन्य प्रकृया अगाडि बढ्ने बताइएको छ।