धनगढी। धनगढीमा अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित २ जनालाई बुधबार राति कैलाली प्रहरीले पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा धनगढी १ बस्ने १७ वर्षीया किशोरी र कञ्चनपुर भिमदत्त नगरपालिका-६ बस्ने १८ वर्षीय किशोर रहेका छन्।
उनीहरु सानै उमेरका बालबालीका भएकाले नाम नखुलाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए। प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए।