कञ्चनपुर। कञ्चनपुरमा अवैध काठ बरामद गरिएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ४ बाट अवैध काठ सहित एक जना पक्राउ परेका हुन्। कृष्णपुर नगरपालिका ४ किचाहीका राममिलन राना काठसहित पक्राउ परेको प्रहरीले बताएको छ ।
उनी घरमा १६ दशमलव ३३ क्यूफिट अवैध काम लुकाएको आरोपमा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय गुलरिया र सब डिभिजन वन कार्यालय बाणीको संयुक्त समूहले उनलाई पक्राउ गरेको हो। उनीमाथी थप अनुसन्धान भैरहेको छ।